•   १४ मंसिर २०७८, मंगलवार
  •   12:22:43 AM

भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो

- भाद्र १७, २०७८ मा प्रकाशित


खबर संजाल, २०७८ भाद्र १७

केही समय अगाडि सल्यान जिल्लाको एउटा विद्यालयकी शिक्षिकासित पत्रकारले गरेको कुराकानीमा साइन्सको स्पेलिङ लेख्न लगाउँदा उनले बोर्डमा science लेख्न नजानेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । धेरैले फेसबुकमा सेयर गरिएको छ कत्तिले टिकटक बनाएको छन अनि धेरैले त्यसमाथि टिकाटिप्पणीहरू गरिरहेको छन् । कतिले शिक्षकको अपमान भयो, शिक्षण पेसा प्रती नकारात्मक टिप्पणी गरियो अनि त्यस पत्रकारलाई त्यसरी शिक्षकको बेइज्जत गर्ने अधिकार कसले दियो भन्ने खालका तर्क गरेका छन् । म एउटा शिक्षण पेसामा रहेको कारण मेरो म्याडम प्रती सहानुभूति भने रहेको छ । तर सधै सबैलाई जागिरमा माया अनि सहानुभूतिले थेगेको हुदैन नै ।

विचरा ती शिक्षिकाले साइन्सको स्पेलिङ नजाने पनि आधारभुत तहमा साइन्स पढाउँदै आउनुभएको रहेछ । त्यो पढाउने बिषय कला उहाँकै हो यो त एउटा उदाहरण मात्र बन्न सक्ला तर उहाँहरु जस्तै शिक्षकहरूले पढाएर कैयौँ विद्यार्थी उपल्लो तहको निजामती कर्मचारी /समाजसेवी/आबिष्कारक/अनुसन्धानकर्ता / राजनैतिज्ञ/ इन्जिनियर/डाक्टर बनेका छन् । अंग्रेजीमा नजाने पनि बिज्ञान बिषय नेपाली भाषामा रहेकोले अङ्ग्रेजी बाट जान्नु आबश्यकता छैन भनेर लेख टिप्पणीहरू आइरहेका छन् साथै कत्ती शिक्षण पेसामा लाग्नुहुने ब्यक्तिहरुले पत्रकार माथी नकारात्मक टिप्पणी समेत गरिएको छ ।

नेपालमा भौगोलिक बिकटता , राजनैतिक अस्थिरता तथा सामाजिक परिवेशले गर्दा शिक्षा क्षेत्रमा चाहेको जति बिकाश गर्न नसकेको कुरा यथार्थ नै हो । नेपालमा सबै सामुदायिक बिद्यालय नराम्रो , खराब मात्र छन भन्नू पनि गलत नै छ केही त राम्रो, नमुना अनि सफल सामुदायिक बिद्यालय पनि रहेको छन । देश भरका राम्रो शिक्षा प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गरिएका नमुना सामुदायिक विद्यालयहरूको सफलता प्राप्त गर्नुको कारण भने योग्यता र क्षमतायुक्त कुशल प्रशासक , बिद्यालयको शिक्षकबर्ग अनि व्यवस्थापन समिति, सामाजिक संघसस्था र समुदायका सल्लाह सुझाव दिन सक्ने र सहयोग गर्ने शिक्षित तथा नेतृत्व वर्गहरु नै पर्दछन । त्यसैले कुनै पनि बिद्यालयको शैक्षिक सुधारको निम्ति बिद्यालयको शिक्षक, अभिभावक , बिद्यार्थी अनि राज्यको शासक अनि राज्य ब्यबस्था को नै भुमिका उत्तिकै रहेको हुन्छ ।

अब अभिभावकबाट कुरा अगाडि बढाउ , हाम्रो जस्तो ग्रामीण भेगको कत्ती अभिभावक त बिहान बेलुकाको छाक टार्न अनि दैनिकी चलाउनमा नै ब्यस्त पनि हुन्छ्न । त्यसैले सधै बिद्यालयमा आफ्नो बालबालिकाको लागि समय दिन पनि सकिरहेको हुदैनन त्यसैले अभिभावक त बिद्यालयले आबश्यक परेको बेला साथ दिन आउने सारथि मात्र बन्ने हो त्यही सारथि पनि बन्न नसक्नु अभिभावकको कमजोरी देखिन्छ त्यसैले हाम्रो अभिभावक ज्युहरुले आफ्नो बालबालिकाकोलागी बेला बेलामा आफ्नो बच्चाको लागि महिनामा एक दिन समय दिएर बिद्यालयमा आइदिनु होला । अनि आफ्नो बालबालिकाको शिक्षाको लागि बिद्यालयमा आम्दानी केही प्रतिशत लगानि गरिदिनुस । जसले तपाईंहरुमा पनि बिद्यालय प्रतिको अपन्त्व हुने गर्दछ ।

अर्को कुरा शैक्षिक सुधारमा अहिलेको बिद्यार्थीहरु पनि जिम्मेवार छन उनिहरु पढ्नको लागि मात्र पढिरहेको हुन्छन सिक्न अनि जान्नलाई भनेर बुझदैन , उनिहरुको व्यबहार कत्ती गर्दा पनि सुधार्न नसकेको कुरा यथार्थ नै हो । अहिले बिद्यार्थीहरु सानै उमेरमा सामाजिक संजालमा र online गेममा बढी सकृय देखिन्छ त्यसबाट हुने नकारात्मक असरलाई रोक्न तपाईं हामी शिक्षक अनि अभिभावकको नै हात मुख्य रहेको छ । यसको अलवा बालबालिकालाई अन्य पारिवारिक काम , सिपमुलक खेलकुद, शारीरिक क्रियाकलाप , सामाजिक काममा सकृयता सहभागिता गराउनु आवश्यक देखिन्छ ।

शिक्षा प्रती आस्था राख्नु हुने समाजको अग्रज बर्गको कुरा गरौ अब । हाम्रो समाजमा आज भोलि काम भन्दा पनि बढी कुरा हुने गरेको छ । आफ्नो परिवार र सामाजको लागि पाँच मिनेट समय छुट्टाउन नसक्ने मानिस चिया गफमा राजनैतिक कुरा र ब्यक्तिको नकारात्मक टिप्पणी गर्न घण्टौ खर्चिरहेको पाइन्छ । शैक्षिक सुधारको निम्ति एक रत्ती पनि काम नगर्ने मान्छे नै शैक्षिक दर्शनको भाषण गरेर हिडिरहेको पाइन्छ । त्यत्ती मात्र हैन कत्ती बिद्यालय त राजनैतिक दृष्टिकोणबाट संचालित छन । SLC पास गर्न नसक्ने ब्यक्तिले नै हौसला र सुझावको रुपमा नभई डिग्री पास गर्ने शिक्षकको टिप्पणी गरेको पाइएको छ । त्यत्ती मात्र हैन उहीँ ब्यक्तिले शिक्षक सरुवा अनि बढुवाको कुरा सम्म गर्न भ्याइनभ्याई हुने गरेको छ । ” शुभचिन्तक अग्रज बर्गहरु सकिन्छ केही गर्नु राम्रो गर्नुस सकिन्न बाधा नगर्नु ।”

अब बिषयको मुख्य कुरा रहयो शिक्षकको , शिक्षक त्यसै पनि हामी अरुभन्दा केही फरक हुनुपर्दछ बिद्यार्थीहरु भन्दा बिषयबस्तुमा अलि बढी ज्ञान , नेतृत्व क्षमता लिन सक्ने ,जवाफदेही , स्पष्ट बक्ता र पेसा प्रती बफादार लगायत अन्य । यति कुरा भए पछि हामी कोहि पनि शिक्षक कहि संग झुक्नु पर्ने अवस्था हुदैन । हामी कत्ती शिक्षक राजनैतिक आस्थाको आधारमा भर्ना भएको छौ , कत्ती शिक्षक शिक्षा सङ्काय नपढेको छौ , कत्ती शिक्षक तालिम प्राप्त छैनौ नै , र कत्ती शिक्षक पुरानो शैलिमा सरकारी बिद्यालय नै अध्ययन गरेर नै आएको छौ त धेरै शिक्षक शिक्षक सेवा आयोग बाट छनोट भएको छौ । त्यही शिक्षक भित्र कोहि हामि शिक्षक जागिरको लागि मात्र शिक्षक भएको छौ त कोहि सेवाको लागि पनि । त्यहि शिक्षक बर्ग मध्यमा कुनै न कुनै बर्गमा त पर्नु हुन्छ हाम्रो science को spelling नजान्नु हुने शिक्षक पनि । पत्रकारको प्रश्न सोध्ने शैली अनि प्रस्तुति हेर्दा त त्यो पनि कतै नियत नै त हैन लाग्यो “सबै शिक्षक अङ्ग्रेजीमा पोख्त नै हुन्छन भन्ने कहाँ छ ? उसले हामी शिक्षकको पेसालाई अपमान गर्न खोजेको हैन? ” जस्तो पनि लाग्यो जे हो त्यो उसको पाटो रहयो । तर धेरै पटक सोचिरहदा कमसेकम आफुले पढाउने बिषयलाई अन्तरास्ट्रिय भाषा english मा लेख्न जान्नु चाहिँ पर्छ भन्ने लाग्यो । शिक्षण पेसा माया , दया अनि सहानुभूतिले चल्नु हुदैन । हामी शिक्षक सबै बिषयमा जान्ने हुदैनौ तर सिक्न चाहाना राख्नु पर्दछ अहिलेको समय अनुसार चल्न सक्नुपर्दछ हैन भने हामी पनि आलोचित हुनुपर्दछ । अहिले १/२ कक्षामा पढ्ने बच्चाले सर मिससँग विश्व कप चलेको बेला त्यही बिषयमा कुरा गर्दछ त्यसमा हामिले यो बिषयबस्तु भित्रको कुरा हैन भनेर अद्यावधिक हुन सकिएन भने २/४ कक्षामा पढ्ने बच्चाले हामिलाई नपत्याउन सक्छ । त्यसैले अहिले समय प्रबिधि मैत्री बनेको छ हामी पनि अद्यावधिक हुँदै जानू पर्ने छ , समय समयमा तालिम लिनु पर्ने हुन्छ सिक्ने कुरामा चासो राख्नु पर्ने हुन्छ । शिक्षिकाको माथिल्लो तहमा अध्यापन गरेको पनि देखिएन अनि प्रस्तुति हेर्दा पनि अलि बिषय बस्तुमा कमजोर नै देखिएको छ प्रतिवाद अनि तर्कशक्ति कमजोर देखिएको छ । त्यसैले हामी बिचमा नै कमजोरी देखिरहेको छु ।

अन्त्यमा राज्य व्यवस्थाका कुरा गरौः

शिक्षक सेवा आयोग अहिले सम्म संबैधानिक आयोग बन्न सकेको छैन । हाम्रो देशमा शिक्षक पेशा छनोटको अन्तिम पेसामा रहदै आएको छ, नरहोस पनि कसरी यो पेसामा तलब बाहेक अन्य केही सेवा सुबिधा दिएको छैन न त राज्यबाट पाउने सम्मान नै दिएको छ । एउटै तहमा संगै प्रबेश गरेको शिक्षक अनि निजामती कर्मचारी बिच आकाश पातलको फरक छ । शिक्षक स्थायी भएको १५/१७ बर्ष सम्म पनि बढुवाको ब्यबस्था नहुदा एउटै तह र तलबमानमा काम गर्नु पर्ने , तल्लो तहमा रहेर पनि माथिल्लो तहमा बिना सेवा सुबिधा अध्यापन गर्नु पर्ने अनि शिक्षकलाई नैरास्य भन्दा अरु केही दिन सकेको छैन यत्ति पीडा राज्यबाट भैरहेको छ अनि पनि शिक्षण पेसा नै आरोपित पनि हुनुपर्ने यो तितो यथार्थ हो । यसरी हाम्रो शैक्षिक सुधार हुन सक्दैन ।

अब शैक्षिक सुधारको निम्ति राज्यले खेल्नु पर्ने भुमिका :

– शिक्षण पेसामा थप सेवा सुविधा थप गरि यस पेसालाई प्रमुख स्थानमा राखेर पहिलो नम्बरको रोजाईको पेसा बनाउनुपर्दछ,

– शिक्षकलाई समय सन्दर्भ चल्न तालिमको ब्यबस्था गर्नुपर्दछ, – पुरानो हाम्रो शिक्षण पेसामा लाग्नु हुने अनि बर्तमान समय अनुसार update हुन नसक्ने शिक्षकहरुलाई राज्यको सुबिधा दिएर पेसाबाट सम्मान पुर्बक छुटकारा दिनुपर्द्छ ,

– योग्यता प्राप्त शिक्षकहरुलाई माथिल्लो तहमा थप सुबिधा दिएर अध्यापन गर्ने बाताबरण मिलाउनुपर्द्छ ,

– बिध्यार्थी संख्याको अधारमा मात्र नभएर कक्षागत दरबन्दी ब्यबस्था गरिनुपर्दछ ,

– बिद्यालयमा आयोगबाट स्थायी भएको शिक्षकबाट नै पाँच बर्षको करार प्रशासकको ब्यबस्था गरिनुपर्दछ ,

– प्रत्येक बर्ष शिक्षक सेवा आयोगबाट नयाँ जनशक्ति भित्र्याउनु पर्दछ ,

– प्रत्येक अभिभावकको सरकारी बिद्यालयमा आम्दानीको केही हिस्सा अनिबार्य योगदान गर्नु ब्यबस्था गरिनुपर्दछ , र

– बिद्यालयलाई राजनैतिक दृष्टिकोणबाट अलग बनाउन सक्नुपर्दछ ।

“शिक्षकले पनि आफ्नो सेवा सुबिधा अनि अधिकारको मात्र कुरा नगरौ आफ्नो कर्तव्य पनि नभुलौ ।”

“शिक्षकले पनि आफ्नो सेवा सुबिधा अनि अधिकारको मात्र कुरा नगरौ आफ्नो कर्तव्य पनि नभुलौ ।”जयशिक्षा !!!

Comments