•   १४ मंसिर २०७८, मंगलवार
  •   12:07:09 AM

उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर

- असार २४, २०७८ मा प्रकाशित


खबर संजाल, २४ असार, खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक अति विपन्न एकल महिलालाई घर प्रदान गरेको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको उपप्रमुखसँग महिला कार्यक्रम अन्तरगत  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा अत्यन्तै जीर्ण बासले बनेको पुरानो छाप्रोमा बस्दै आएकी अति विपन्न,एकल महिला अम्बिका खतिवडालाई भुकम्प प्रतिरोधात्मक एक तले पक्कि घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले केही अगाडि सम्पन्न गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा खतिवडालाई घर बनाइदिने घोषणा गरेको थियो । करिब ७ लाख लागतमा बनाइएको उक्त घर नगर दिवसको अवसर पारेर एकल महिला खतिवडालाई घर प्रदान गरिएको नगरपालिकाकी उपप्रमुख बीणादेवी राईले बनाउनुभयो ।

‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगर दिक्तेल रुमवासीको रहर’ भन्ने नाराका साथमा सम्पन्न भएको चौथो नगर दिवसको अवसरमा नगर क्षेत्रभित्रका १५ वटा आमा समुहलाई एक/एक थान कुटानी पिसानीका लागि विधुतीय मिल र लोपोन्मुख आरण पेशाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यले १५ जना आरण व्यावसायीलाई ओल्डिङ मेशिन समेत हस्तान्तरण गरिएको छ । यस्तै लोप हुन लागेको नौमति बाजालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दिक्तेलको परियार एकता समाजलाई नौमति बाजा सेट हस्तान्तरण गरिएको छ । यस्तै नगरपालिकाभित्रका केही गर्छु भन्ने फरक क्षमता भएका पाँच जनालाई जनही नगद १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने यही अवसरमा गर्भवती महिलाहरुका लागि पोषणयुक्त झोला वितरण कार्यक्रमको शुभारम्भ गरिएको नगरपालिकाले जनाएको छ ।

Comments