•   १७ श्रावण २०७८, आईतवार
  •   11:29:47 PM

बहुरुपी बाबुराम : ट्वीटरमा एउटा व्यवहारमा अर्को

- जेष्ठ २९, २०७८ मा प्रकाशित


खबर संजाल, २९ जेठ, काठमाण्डौ ।
नेपाली राजनीतिमा नेताहरुको बहुरूपी व्यवहार नयाँ हैन, देखिनेगरी एउटा कुरा भन्ने र व्यवहारमा अर्कै गर्ने गरेका थुप्रै उदाहरणहरू छन् ।

यही बीचमा पूर्व प्रधानमन्त्री एवम् जसपाका नेता डाक्टर बाबुराम भट्टराईले यो प्रवृत्तिलाई निरन्तरता दिएका छन् । केही समय अगाडि ट्वीटरमा गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेलाई व्यंग गर्दै स्टाटस लेखेका भट्टराईले हालै मात्र उनै मनाङेसँग आफ्नै घरमा भेट गरेको बाहिरिएको छ ।

भट्टराईले केही समय अगाडि एउटा समाचार शेयर गर्दै मनाङे माथि ‘अप्रासंगिक’ व्यङ्ग गर्दै आफ्नो ट्वीटरमा ‘ कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?’ भनेर लेखेका थिए भने हालै मात्र स्वयं मनाङ्गेले ‘डाक्टर बाबुराम भट्टराई दाई संग भेट्घाट को सार्थकता ।’ भन्दै फेसबुकमा स्टाटस राखेका छन् ।


Comments