•   १७ श्रावण २०७८, आईतवार
  •   11:19:43 PM

विष्णु उपरकोटीका पाँच उत्कृष्ट मुक्तकहरू

- जेष्ठ २७, २०७८ मा प्रकाशित


विष्णु उपरकोटीका पाँच उत्कृष्ट मुक्तकहरू

एक

पिडाको आगो लगाएर दनदनी योजनै बनाइरहेछन
त्यहीँ आगोको मुकदर्शक बनी योजनै बनाइरहेछन
सरकारले यसकारण बिकासे पानीले मुख धुन सकेन,
यहाँ योजना बनाउन पनि योजनै बनाइरहेछन

दुई

समय बिर्सेर जानीनजानी त भन्नू मात्र हो
केहीँ समयको छोटो कहानी त भन्नू मात्र हो
यहाँ आफुले दु:ख भोगेको बर्षौं भैसक्यो
दुई दिनको जिन्दगीगानी त भन्नू मात्र हो

तीन

लेख्दालेख्दै गरेको कलममा विश्राम आयो
त्यसपछि मस्तिष्कमा यादहरूको गोदाम आयो
म खुशीको परिक्षामा यसकारण फेल भएको हुँ
वाक्यमा प्रयोग गर्नभनी ‘उनको’ नाम आयो

चार

पुरानोको हार नयाँको जित भएको हो
त्यसपछि छुट्टै व्यवस्था गठित भएको हो
म त्यहीँ गोरू थिएँ तिम्रो जिन्दगीमा ,
जो ट्याक्टर आएसी बिस्तापित भएको हो

पाँच

पुराना सफलताले घाँटी समाउन काम लाग्यो
पटक-पटक देखाएर अत्याउन काम लाग्यो
बर्षौंअघि एउटा हाँसेको तस्वीर खिचेर राखेंथे,
अहिले आएर दुश्मनलाई देखाउन काम लाग्यो

© विष्णु उपरकोटी

Comments