•   १७ श्रावण २०७८, आईतवार
  •   10:10:00 PM

ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने

- जेष्ठ २४, २०७८ मा प्रकाशित


खबर संजाल, २४ जेठ, काठमाडौं ।
एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरिरहँदा अर्कातिर माधव नेपाल भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफलमा व्यस्त छन् ।

ओलीको आव्हान पछि आफ्नै समूहभित्र एकता गर्नुपर्ने दबाबमा परेका नेता  नेपालले कोटेश्वरस्थित  आफ्नै घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए ।

Comments