•   १७ श्रावण २०७८, आईतवार
  •   9:51:42 PM

पिएसजीले एमबाप्पेलाई नबेच्ने अध्यक्ष खलिफाको दाबी

- जेष्ठ २४, २०७८ मा प्रकाशित


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेले यही समरमा क्लब छाड्ने हल्ला चलिरहेको समयमा क्लबका अध्यक्ष नासिर अल खलिफाले भने उनी पेरिसमै रहने दाबी गरेका छन् ।

पिएसजी र एमबाप्पेबीचको सम्झौता सन् २०२२ मा सकिँदै छ र उनको नाम स्पेनिस महारथी रियल मड्रिडसँग जोडिदै आइरहेको छ ।

एल इक्इिपेसँगको कुराकानीमा उनी भन्छन्, ‘एमबाप्पे पेरिसमै रहनेमा म पहिल्यैदेखि स्पस्ट थिएँ । पिएसजीले कहिल्यै पनि एमबाप्पेलाई बेच्ने छैन । मलाई लाग्दैन कि उनी फ्रि ट्रान्सफरमा अन्यत्र जाने छन् ।’

‘अहिले सबै राम्रोसँग चलिरहेको छ । आशा छ चाँडै सम्झौता नवीकरण हुने छ’ खलिफाले थपे, ‘यो उनको देश हो । एमबाप्पेले केबल फुटबल मात्र खेलिरहेका छैनन्, उनले फ्रेन्च लिग वान, फ्रान्स र पेरिसको स्तर बढाउन मद्दत गरिरहेका छन् ।’  एजेन्सी

Comments