•   १७ श्रावण २०७८, आईतवार
  •   11:19:01 PM

प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?

- जेष्ठ २१, २०७८ मा प्रकाशित


खबर संजाल, २१ जेठ, काठमाण्डौ ।
जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच आज दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा जान तयार भएको हो । प्रधानमन्त्री ओलीसँगको छलफलमा उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने सहमति भएको छ ।
वरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन् ।

महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्रालय खोसिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको थियो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

मन्त्री पद खोसिएकाहरुले पुन; अन्य मन्त्रालय पाउछन् कि पाउँदैनन् टुंगो छैन।

Comments