•   १७ श्रावण २०७८, आईतवार
  •   11:25:49 PM

अलविदा उज्ज्वल थापा

- जेष्ठ १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ जेठ, काठमाडौं ।
विवेकशील नेपाल दलका पूर्व अध्यक्ष उज्जवल थापाको कोरोना संक्रमणबाट  निधन भएको छ ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेरमा उपचाररत थापाको केही बेरअघि निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ ।

अस्पतालले केही बेरमा विज्ञप्ति जारी गर्ने भएको छ ।

श्वासप्रश्वासको समस्या भएपछि थापालाईकरिब दुई साताअघि ह्याम्स अस्पताल भर्ना गरिएको थियो, त्यहाँ आइसीयू उपलब्ध नभएपछि वीरेन्द्र सैनिक अस्पतालमा लगियो र १० दिन अगाडि फेरि मेडिसिटी अस्पतालमा सारिएको थियो ।

मेडिसिटीको भेन्टिलेटरमा उपचाररत थापाको केही बेरअघि निधन भएको हो ।

Comments