•   १७ श्रावण २०७८, आईतवार
  •   11:18:20 PM

सम्झनामा यम बुद्ध

- जेष्ठ १६, २०७८ मा प्रकाशित


सम्झनामा यम बुद्ध (अनिल अधिकारी)
(सन् १९८७ मे ३०-सन् २०१७ जनवरी १४)
————————

  • पारसमणी रिजाल

२०७३ माघ ७(२०१७ जनवरी१४) गतेको त्यो चिसो हिमाद्री डार्क डे सबैका लागि मात्र “डार्क डे”मा सिमीत थियो।तर मेरो लागि त्यो दिन केवल डार्क डे मात्र थिएन्।त्यो दिन अर्थात जनवरी १४ मेरो लागि ब्ल्याक डे “ब्ल्याकहोल डे”मा रूपान्तरण हुदै थियो। जब मैले कसैको आत्तिएको लवजमा यो सुनेकी अब यम बुद्ध रहेनन्।तब मैले सुने शीघ्र मेरो मन पनि अत्तालियो।नआत्तिओस् पनि कसरी मैले उनका क्रान्तिकारी गीत सानै उमेरदेखि सुन्दै आएको थिएँ।खुब रमाईलो लाग्थ्यो रेडियोमा कान थापेर उनका गीत सुन्न।त्यो बेला मेरो व्यक्तिगत मोबाइल थिएन,होस पनि कसरी त्यति सानै उमेरमा। त्यसैले मैले रेडियो र टिभीमा थोरै मात्र उनका गीत सुन्न पाएँ।हुन त म त्यो बेला पनि उमेरले निकै सानै थिएँ, सानै अर्थात मात्र १३ बर्षको।तर किन हो किन म त्यस्ता गीत र अन्तर्राष्ट्रिय चर्चित व्यक्तिको जीवनी खुब पढ्ने गर्थे।यतिसम्म कि मैले “ओसामा बिन लादेनको पेन टावर काण्ड” र “गोर्किका चर्चित कथाहरू” पनि त्यही बेला पढेको रहेँछु।आज बुक हेर्दा थाहा हुन्छ।

सानैदेखि सुनेको हुनाले र साथीभाईको कुराले पनि होला मलाई यम बुद्धप्रति आघात माया बस्यो। अझ भनौ न म यमको डाइहार्ट फ्यान भैगएॅ।म उनका सबै गीतमा आफुलाई समाहित गर्ने प्रयत्न गर्थें,अझैं पनि गर्छु।उनका सबै गीतलाई माया गरेपनि मेरो लागि भने हृदयस्पर्शी गीत “साथी” नै हो।त्यो गीतले आफैलाई परिभाषित गर्छ।मेरा सानैदेखि कम साथी भए र भएपनि क्लोज फ्रेन्ड एकदमै कम भए।अझैंपनि मेरा एकदमै थोरै साथी भएकाले पनि होला मलाई यम बुद्धको “साथी “एकदमै मन पर्छ।हुन त मसँग यमका गीत जुकेबक्स नै हुनेगर्छन।तरपनि म ‘साथी’ र ‘मलामी’ एकदम दोहोर्याएर सुन्छु। समाजको विकृति र विसङ्गतिमा धावा बोल्ने भएकाले पनि म यमका गीत बढी सुन्छु र समाजमा ती गीतमा आफुलाई पाउँछु।”फुटपाथ मेरो घर” एल्बमको गीतमा सर्वाहारा वर्गको ज्यादै निम्छरो उदाहरण पेस गरिएको छ।त्यो गीतले हरेक आत्मालाई छुने प्रयास गर्छ।”आउँदैछु म” नामको एल्बम एकदमै राष्ट्रवादी गीत हो।उनले त्यहाँ आफूलाई नेपाली हुनुमा गर्व गरेका छन्।उनका गीत र गीतका शब्दको जति चर्चा गरेपनि पुग्दैन।उनका गीतमा एकदमै बेग्लै भाइभ्स आउने गर्छ।उनले आफ्नो उनन्तीस बर्षको उमेरमा अत्याधिक चर्चा कमाएॅ।नकमाउन पनि कसरी धनकुटाको लुगुवामा १९८७ मे ३०मा उनको जन्म भएको थियो।बसाई भने काठमाडौं मै बित्यो।त्यो बिचमा उनले कति सङ्घर्ष गरे होला! आज सोच्दा म मात्र हैन जो कोही चकित ओ चकित भैहाल्छ।साथी,सरकारलाई च्यालेन्ज हो,मेरो जुत्तामा,आउँदैछु म,फुटपाथ मेरो घर, यो प्रसङ्ग,दिदी,नाचन,आमा, मलामी लगायत सबै एल्बम उनका चर्चित र कालजयी छन्,त्यसैले आज पनि नेपाली म्युजिक इन्डस्ट्री यमप्रति नतमस्तक छ।जसरी उनले र्याप म्युजिक नेपालमा भित्र्याए उसैगरी छोटो समयमा र्याप र हिपहपलाई निकै माथिसम्म पनि पुर्याए।

जसरी यम दाईको गीतको चर्चा र योगदानको व्याख्या हुन्छ त्यसैगरी यम दाइको मृत्युको प्रसङ्ग आउनासाथ मेरो मनमा एक खालको कम्पन उत्पन्न हुने गर्छ।यम दाइलाई मेरो एउटा प्रश्न छ” मृत्युका लागि जाबो बाथरूम नै किन छान्नुभो?”आफूले लगाएको पेटीमा तपाईं किन झुण्डिनु भो दाइ? तपाईंले हाम्रो लागि अझैं धेरै गर्नुथ्यो यम दाइ।अरूले तपाईलाई ड्राग ओभरले मृत्यु रोज्यो भनेपनि म त्यो अपवादमा पर्छु यम दाइ।म कहिले कहीँ सोच्ने गर्छु तपाईंको बङ्गारा किन झरेको थियो? के तपाईं आफैंले मृत्यु रोज्नु भएको थियो त! तपाईंको खतरा एल्बम किन आउन पाएन्।तपाईंको मृत्युको तीन दिन अगाडि मात्र तपाईं स्वयंले ट्वीटरमा “खतरा” एल्बम इज कमिङ सुन भन्नुभएको थियो ।तपाईंकी श्रीमतीले किन तपाईंको आत्महत्या चार घन्टासम्म थाहा पाउन सकिनन्।जबकी बाथरूम सुत्ने कोठासङ्गै जोडिएको थियो।तपाईंको पोष्टमार्टम रिपोर्टमा मदिरा सेवन देखायो दाइ तर तपाईको परिवारले त्यसलाई त्यसै टार्यो।अनि त्यति होचो बाथरूममा तपाईंको मृत्यु नहुनु पर्ने हो यम दाइ।तपाईंको रहस्यमयी मृत्युसँग मेरा अनेकन् प्रश्नको चाङ लागेको छ दाइ।म अनवरत रूपमा आशावान छु यम दाइ कि मेरा यि अनेकौ पेचिला प्रश्नको चाङ कहिले घट्नेछ।र म ताजा भैजाने छु।आज तपाईंको जन्मदिन हो यम दाइ अनेकौं तानावानाले झण्डै “शुभकामना”भन्न बिर्सेको।खैर तपाईं हाम्रो नशा नाशामा र धमनी अनि रक्त भल्भहरूमा हुनुहुन्छ।तपाईले भै भन्नुभएको थियो नि:-
“जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो।”म यही उक्तिसंगै हिँडिरहेको छु यम दाइ।

लभ यू यम दाइ।
लभ यू फरएभर।

Comments