•   १७ श्रावण २०७८, आईतवार
  •   11:51:07 PM

खोटाङका गायक जनम थुलुङको कोरोना बाट निधन

- जेष्ठ १४, २०७८ मा प्रकाशित


खबर संजाल, १४ जेठ, काठमाण्डौ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट चर्चित गायक तथा संगितकार जनम थुलुङको निधन भएको छ ।

केही समय अगाडिबाट संक्रमित भएर कुपण्डोलस्थित सर्वाङ्ग हस्पिटलमा उपचाररत थुलुङको गए राति अस्पतालमै निधन भएको हो ।

खोटाङको महेश्वरीमा जन्मिएका थुलुङ २०६२ सालदेखि सांगीतिक यात्रामा थिए, गीत संगीत मार्फत किरात भाषा/संस्कृतिको उन्नयनमा योगदान पुर्याउदै आएका उनले भर्खरै मात्र खुवालुङको विषयमा गीत रेकर्ड गरेका थिए ।

Comments