•   १७ श्रावण २०७८, आईतवार
  •   10:25:15 PM

म रियल र बार्सिलोनाको ठुलो समर्थक हुँः रासफोर्ड

- जेष्ठ १०, २०७८ मा प्रकाशित


इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले आफू स्पेन जान सक्ने संकेत दिएका छन् ।

‘बाहिर गएर खेल्ने अवसर आएमा म कहिल्यै पनि हुँदैन भन्दिनँ’, उनले द गार्डियनसँगको कुराकानीमा भने, ‘तर त्यो स्पेनिस क्लब रियल मड्रिड वा बार्सिलोनामध्ये एक हुनुपर्छ ।’

‘म युनाइटेड बाहेक रियल र बार्सिलोनाको ठुलो समर्थक हुँ किनकी उनीहरूसँग सधैं महान खेलाडी हुन्छन् र आकर्षक फुटबल खेल्ने गर्छन्’ रासफोर्टले भने,‘ सबैको नजर यी दुई क्लबमै हुन्छ ।’

२३ वर्षीय इङ्ग्लिस फरवार्ड र म्याचेस्टरबीचको सम्झौता सन् २०२३ मा सकिँदै छ । उनले यो सिजनमा क्लबका लागि २१ गोल गरेका छन् ।

Comments