•   १७ श्रावण २०७८, आईतवार
  •   9:44:19 PM

‘राधे’ अनलाइनमा लिक, मुद्दा हाल्ने चेतावनी

- जेष्ठ ३, २०७८ मा प्रकाशित


खबर संजाल, ३ जेठ काठमाडौं ।
बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ आधिकारिक डिजिटल प्लेटफर्म रिलिज भएको केही समयमै अनलाइनमा लिक भएपछि फिल्मको टीम तनावमा परेको छ ।

‘राधे: योर मोस्ट वान्टेड भाइ’ फिल्म इदको अवसरमा मे १३ मा रिलिज भएको थियो। तर त्यसको केही समयमै लिक भएर विभिन्न अनलाइनले राखेपछि सलमानका फ्यानहरूले सामाजिक सञ्जालमार्फत् उनलाई जानकारी गराएका थिए।

अनाधिकृत रूपमा फिल्म अपलोड गरेको पाइएपछि सलमानले ट्वीटरमार्फत् त्यस्तो नगर्न चेतावनी दिएका थिए। फिल्म पाइरेसी गर्नेलाई मुद्दा हाल्ने उनले बताएका थिए।

जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले फिल्म अनाधिकृत रूपमा अपलोड भएको भन्दै प्रहरीको साइबर सेलमा उजुरी हालिसकेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

Comments