•   ३१ जेष्ठ २०७८, सोमबार
  •   3:32:12 AM

राष्ट्रपति साक्षी राखेर ओली र नेपालको सहमति, विश्वासको मत दिने

- बैशाख २४, २०७८ मा प्रकाशित


खबर संजाल, २४ वैशाख, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार पार्टीमा थप विवाद नबढाउने सहमति भएको छ । तर यो सहमति दुवै पक्षले सार्वजनिक भने गरिसकेका छैनन्।

सहमति अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्।

बिहीबार राष्ट्रपति भण्डारीले माधव नेपाललाई भेट्न बोलाएकी थिइन्। नेता नेपाल साँझ सात बजे शितल निवास प्रवेश गरेका थिए। नेपाल र राष्ट्रपतिबीच छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओली पनि शितल निवास पुगेका थिए।

पार्टी बीच बढ्दो विवाद मिलाउन माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले दुवै समूहका शीर्ष नेतालाई भेटेर एकताको पक्षमा दबाव दिएका थिए भने ओली समूहबाट प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र विशाल भट्टराईले एकताको पक्षमा भूमिका निर्वाह गरेका थिए।

Comments