•   ३१ जेष्ठ २०७८, सोमबार
  •   2:05:19 AM

रहेनन् गायन क्षेत्रका हस्ती प्रेमध्वज प्रधान

- बैशाख २३, २०७८ मा प्रकाशित



खबर संजाल, २३ वैशाख, काठमाण्डौ ।
वरिष्ठ गायक प्रेमध्वज प्रधान को ८२ वर्षको उमेरमा निधन भएको खबर सार्वजनिक भएको छ ।
संगीतकार लक्ष्मण शेषले उक्त कुराको पुष्टि गरेका छन् ।
प्रधानलाई गत शुक्रवार न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

फेसबुकमा ‘दु:खद खबर’ शीर्षकका स्टाटस लेख्दै संगीतकार शेषले उपचारकै क्रममा आज दिउँसो वरिष्ठ संगीतकर्मी प्रधानको निधन भएको पुष्टि गरेका हुन् ।

शेषले लेखेका छन्–‘अत्यन्त दु:खद खबर । अमर श्रष्टा तथा अजर-अमर गायक
श्रद्धेय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि सुरक्षित रहि नियमानुसार सहभागी भैदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीत सम्वन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित काठमाडौं न्युरो हस्पिटलमा सहभागी भैदिनु हुन विनम्र अनुरोद्द गर्दछु ।’

Comments