•   ३१ जेष्ठ २०७८, सोमबार
  •   3:40:07 AM

अन्तत: हँसिया हथौडा चिह्न स्वीकार गर्यो माधव पक्षले

- बैशाख २३, २०७८ मा प्रकाशित


खबर संजाल, २३ वैशाख, काठमाण्डौ ।
आफूलाई नेकपा (एमाले) हौं भन्ने माधव नेपाल समूहले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडालाई आफ्नो चिह्नको रुपमा स्वीकार गरेको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको सूर्य चिह्न बाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार बन्ने चर्चा चलिरहँदा माधव पक्षका नेता खिमलाल देवकोटा हँसिया हथौडा चिह्न बाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष सहितको तालमेलमा माधव पक्षले नेकपा (एमाले) को उम्मेदवारको विपक्षमा हँसिया हथौडा चिह्नमा देवकोटालाई आफ्नो उम्मेदवार बनाएको हो ।

यता बादललाई उम्मेदवार बनाउने घोषणा गरिसकेको एमालेको विहिवार बसेको स्थायी कमिटीको बैठकले भने मत विश्लेषणका आधारमा उम्मेदवार तयार गर्ने निर्णय गरेको छ ।

Comments