•   ३१ जेष्ठ २०७८, सोमबार
  •   2:01:31 AM

कुशल भुर्तेललाई भोट गर्नुभयो? छैनभने यहाँबाट गर्नुस्

- बैशाख २३, २०७८ मा प्रकाशित


खबर संजाल, २२ वैशाख, काठमाण्डौ।
नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो ।

नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा यो पहिलो पटक हो । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ ।

भुर्तेललाई महिनाको उत्कृष्ट खेलाडी बनाउन आइसिसी को वेबसाइटमा गएर भोट गर्न सकिन्छ ।

Comments