•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:19:33 PM

१ अंकले नेप्से बढ्दा ६ अर्बको कारोबार

- बैशाख २१, २०७८ मा प्रकाशित


खबर संजाल, २१ वैशाख, काठमाण्डौ ।
ओरालो लागिरहेको नेप्सेमा आज सामान्य अंकले करेक्सन भएको छ । मंगलबार नेप्से १.९४ अंकले बढेर २६ सय ५४ दशमलव ६९ विन्द्ुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३२ अंकले बढेर ४ सय ७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २३१ कम्पनीको ६८ हजार ३१९ पटक कारोबार भएर ६ अर्ब ५२ करोड २३ लाख ६ हजार ८११ रुपैयाँ बराबरको १ करोड ३ लाख १५ हजार १८३ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ । आज ७ कम्पनीको नेप्से सुचक घटेका छन् भने ५ कम्पनीको सुचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समुहको ९२ दशमलव ९३ अंकले बढेको हो ।

Comments