•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:49:29 PM

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा लम्बियो, दुई घण्टा मात्र पसल खुल्ने

- बैशाख २१, २०७८ मा प्रकाशित



खबर संजाल, २१ वैशाख, काठमाण्डौ ।
मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाका बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।


काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कोरोना संक्रमित ललितपुरका सिडियो ढुण्डीप्रसाद निरौला भने भौतिक रुपमा सहभागी थिएनन् ।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

Comments