•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:31:22 PM

पाँच दिन भित्र मुख्यमन्त्रीको ज्यान मार्ने धम्की

- बैशाख २१, २०७८ मा प्रकाशित


खबर संजाल, २१ वैशाख ।
पछिल्लो समय आपराधिक घटनाहरू बढिरहेका छन्, कसैले बदला लिन, कसैले स्मार्ट बन्न या अरू प्रयोजनमा धम्की दिएको या कुनै घटना घटाएका खबरहरू सञ्चार माध्यममा आइरहन्छन् ।
यही शिलशिलामा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई ज्यान मार्ने धम्की आएको छ। प्रहरीका अनुसार गत २९ अप्रिलमा आपतकालीन सेवाका लागि बनाइएको ११२ मा म्यासेज गरेर ज्यान मार्ने धम्की दिइएको हो।

उनले पाँच दिनभित्र मुख्यमन्त्रीलाई मारिदिने चेतावनी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले प्रहरीलाई चेतावनी दिँदै भनेका छन्- मलाई जे गर्न सक्छौं गर।
प्रहरीले उक्त नम्बरलाई ट्रेस गर्ने काम गरिरहेको छ भने अनुसन्धानको लागि टिम गठन गरिएको छ।

Comments