•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:17:43 PM

खोटाङमा दुई जनालाई नयाँ भेरियन्टको कोरोना संक्रमण

- बैशाख २०, २०७८ मा प्रकाशित


खबर संजाल, २० वैशाख, खोटाङ ।
खोटाङ जिल्लामा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पूष्टि भएको छ ।
जिल्लाको साकेला गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएकोमा गाउँपालिका –१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो ।

अध्ययनको शिलशिलामा काठमाण्डौंमा बस्दै आएका रोका बैशाख १५ गते जिल्ला आएका थिए भने  खत्री चितवनबाट बैशाख १६ गते जिल्ला आएका थिए । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ ।

Comments