•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:11:19 PM

कोरोना बाट मृत्यु भएका व्यक्ति को मलामी जाँदा ३१ जना संक्रमित

- बैशाख २०, २०७८ मा प्रकाशित


खबर संजाल, २० वैशाख, काठमाण्डौ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका मध्ये महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Comments