•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:40:21 PM

शुरू नहुँदै लुम्बिनीको प्रदेशसभाको अधिवेशन अन्त्य

- बैशाख १९, २०७८ मा प्रकाशित



खबर संजाल, १९ वैशाख, काठमाण्डौ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरू नहुँदै अन्त्य भएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि आईतबार संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको छ।

यसअघि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले कामचलाउ बनेको मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

Comments