•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:48:18 PM

लुम्बिनीमा एकल सरकार बनाउँदै एमाले, मुख्यमन्त्रीमा पोखरेल कै निरन्तरता

- बैशाख १९, २०७८ मा प्रकाशित


खबर संजाल, १९ वैशाख, काठमाण्डौं ।
अविश्वास प्रस्तावको सामना गरिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । राजिनामापछि पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार गठन गर्न लागेको स्रोतले जनाएको छ ।
६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि अहिले लुम्बिनी प्रदेशमा ८१ सदस्यमात्र छन् । जसमध्ये एमालेका ४१ जना सांसद छन् । जुन हाल प्रदेशसभामा बहुमत संख्या हो ।
नयाँ सरकार नबन्दासम्म यहि मन्त्रीपरिषदले प्रदेश सरकारको कार्यभार सम्हाल्नेछ ।

Comments