•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:30:46 PM

सदन स्थगित गरेर भागेका गण्डकीका सभामुख दलहरुसँग छलफलमा

- बैशाख १९, २०७८ मा प्रकाशित


खबर संजाल, १९ वैशाख, काठमाण्डौं ।
सदन स्थगित गरेर भागेको भनेर आरोप लागेका गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा सञ्चालनका लागि दलहरुसँग परामर्श सुरु गरेका छन्।

सभामुख अधिकारीले शनिबार कांग्रेस र माओवादीका दलका नेतालाई छुट्टाछुट्टै भेटेर राय लिएका छन् भने आज आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग सभामुख अधिकारीले छलफल गर्दै छन्।

बैशाख १५ मा जनमोर्चाको सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि सदन अनिश्चितकालिन समयका लागि रोकिएको थियो।
सभामुखसँग संसद रोक्न जनमोर्चाको सांसदले लिखित पत्र बुझाएकाले बैठक स्थगित भएको थियो।

Comments