•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:41:36 PM

२४ घण्टामा एकै जिल्लाका ५ जना कोरोना संक्रमितको निधन

- बैशाख १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ वैशाख, काठमाण्डौ ।
कोरोनाको दोश्रोे कहर भयानक बन्दै गईरहेको बेला पश्चिम नवलपरासीमा शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म २४ घन्टाभित्रमा पाँचजनाको निधन भएको छ ।
मृत्यु हुनेमा सुनवल नगरपालिकाका र रामग्राम नगरपालिका दुई–दुईजना र सरावल गाउँपालिकाका एकजना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए ।

जिल्लामा वैशाखको पहिलो सातादेखि शनिबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । संक्रिय संक्रमितको संख्या तीन सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र सातजना छन् ।
पहिलो र दोस्रो चरणको लहरमा गरी हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Comments