•   २४ बैशाख २०७८, शुक्रबार
  •   2:55:24 PM

फुट्यो विप्लवको नेकपा

- बैशाख १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ वैशाख, काठमाण्डौँ ।
नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी मूल धारको राजनीतिमा आएको तीन महिना पनि नबित्दै बिभाजति बनेको छ।

पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाले विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको आरोप लगाउँदै जन समाजवादी मञ्च, नेपाल

‘सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न आवश्यक र जरुरी भइसकेकाले नेकपाबाट छुट्टिएर नयाँ पार्टी खोलेका हौं,’ धमलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

५१ सदस्यीय नयाँ पार्टीमा नेकपाका १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरू रहेको बताइएको छ।

Comments