•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:22:36 PM

लाेकसेवाका विभिन्न परीक्षाहरूमा साेधिनसक्ने सम्भावित प्रश्नहरू र तिनका उत्तरहरू

- बैशाख १८, २०७८ मा प्रकाशित


खबर संजाल ,१८ वैशाख, काठमाण्डाै ।

त्रिदेशीय टी-२० क्रिकेट प्रतियोगीताको उपाधि कसले जित्यो ?

नेपाल

(नेपाल,मलेसिया र नेदरल्याण्ड सहभागी उक्त प्रतियोगिताको फाइनल खेलमा नेदरल्याण्ड १४२ रनको फराकिलो अन्तरले पराजित ।)

  • मेरो कित्ता प्रणालीको सुरुवात कहिलेबाट गरिएको हो?
  • २०७८ वैशाख २

(कृषिउत्पादन र उत्पादकत्व लगायतका पक्षसँग सम्बन्धित यो प्रणालीमानक्साप्लट रजिस्ट्ररफिल्ड रेखाङ्कन निवेदनलगायतका सेवा अनलाइनबाट पाउने गरी सञ्चालनमा ल्याइएको)

लैंगीक उत्तरदायी बजेटको सुरुवात कहाँबाट भएको हो?

अष्ट्रेलिया (१९८४)

एसीयाली राष्ट्रहरुलार्इ जोड्ने आइरन सिल्क रोड सम्झौतामा कहिले हस्ताक्षर भयो?

सन् २००६ नोभेम्बर १०

बेडेन पावल स्काउट पिक कहाँ पर्दछ?

रसुवा (५८९० मिटर उचार्इ रहेको)

नेपाल सरकारले मुलुकको सार्वजनिक प्रशासनलार्इ चस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० बर्षे रणनीतिक योजना कहिले सार्वजनिक गर्यो?

२०७७ चैत २५

दादानी प्रथा केसँग सम्बन्धित छ?

अलैंची उत्पादन र व्यापार

२०७७ चैतमा पोखरामा सम्पन्न आहा रारा गोलकपको उपाधी कसले जित्यो?

संकटा क्लब (काठमाण्डौं)

The Iliad नामक प्रसिद्ध कृत्ति कसको हो ?

होमर

 नेटुवा जातिको मुख्य बसोबास कहाँ रहेको छ?

कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका वडा नं. १ प्रगतिनगर

बोस्टन टी पार्टी केसँग सम्बन्धित छ?

अमेरिकी स्वतन्त्र संग्राम

 लोलुफोरा अभियान केसँग सम्बन्धित छ?

पदयात्रा (लोमन्थांक, लुम्बिनी, फोक्सुण्डो र रारालार्इ पदमार्गले जोड्ने)

 प्रसिद्ध बर्जु ताल कहाँ पर्दछ?

बर्जु गाउँपालिका, सुनसरी (चिमाडी ताल नामले पनि चिनिने)

 ब्रिक्स बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ?

साङ्घार्इ, चिन

 प्रसिद्ध पुस्तक Silent Spring कसको रचना हो ?

राचेल कारसन (वातावरण विज्ञानसँग सम्बन्धित पुस्तक सन् १९६२ सेप्टेम्बर २७ मा प्रकाशित)

संकलक : दिपेश पाेखरेल (खार्पाली)

फेसबुक : https://www.facebook.com/dipesh.pokharel1

Comments