•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:13:14 PM

कोविडले लग्यो दिक्तेलका जोशीलाई

- बैशाख १६, २०७८ मा प्रकाशित


खबर संजाल, १६ वैशाख, दिक्तेल ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको दोश्रो महामारीबाट खोटाङ जिल्लाका एकजनाको मृत्यु भएको छ ।
कोविड-१९ को दोश्रो महामारीबाट सदरमुकाम दिक्तेलका युवा व्यवसायी अनिल जोशीको मृत्यू भएको हो ।
जिल्लाको सफल सहकारी ‘लालुपाते सहकारी’ का अध्यक्ष समेत रहेका जोशी व्यवसायको क्रममा पोखरामा रहँदै आएका थिए ।
पोखरामै रहँदा संक्रमित बनेका जोशीको गए राति निधन भएको हो ।

Comments