•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:06:29 PM

घरभित्रै यसरी रमाउनुहोस् निषेधाज्ञामा

- बैशाख १६, २०७८ मा प्रकाशित


खबर संजाल, १६ वैशाख, काठमाण्डौ ।
उपत्यकामा स्थानिय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ । कोभिड-१९ लाई ध्यानमा राखेर अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन बन्देज गरिएको छ । व्यापार, व्यवसाय, स्कुल, कलेज सबै ठप्प छन् । अभिभावकदेखि बालबालिका सबै घरभित्र थुनिएका छन् ।

यस्तो अवस्थामा बाहिर निस्किने, रमाइलो गर्ने, साथीभाइसँग भेटघाट गर्ने खालका दैनिकीबाट एक्कासि घरभित्र बस्नुपर्दा अप्ठ्यारो महसुस हुन्छ । के गरौँ न कसो गरौँ हुन्छ । मोबाइल, ट्याब, ल्यापटपजस्ता ग्याजेटको लत पनि मानिसलाई यही बेला लाग्छ । बाहिरफेर निस्किन नपाउँदा स्क्रिनमै घोत्लिरहने बानी धेरैलाई पर्छ । यसले अनिद्राको समस्या निम्त्याउँछ ।

के गर्ने, कसरी रमाउने ?

  • गीत सुन्‍ने, फिल्म हेर्ने, किताब पढ्ने
  • घरभित्रै गर्न सकिने ध्यान, योग र व्यायाम गर्ने
  • गलत सूचनाको महामारीबाट टाढा बस्‍ने । तथ्यहीन र भ्रामक सूचनाको पछि नलाग्‍ने ।
  • विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना र आधिकारिक समाचारमाध्यमका समाचार सामग्री मात्रै पढ्ने, हेर्ने ।
  • कुलतमा लागेकाले यो समयलाई अवसरको रूपमा लिएर कुलत त्याग्‍न गर्न सकिन्छ
  • अरुबेला घरभित्रकै सदस्यसँग सञ्चार हुन पाउँदैन । यो मौका छोपेर परिवारसँग ‘क्‍वालिटी टाइम’ बिताउन सकिन्छ
  • इनडोर गेम खेल्ने, शारीरिक व्यायाम गर्ने
  • सामाजिक सञ्जालमा साथीहरूको समूह बनाएर विभिन्‍ने विषयमा छलफल गर्ने
  • साथीभाइसँग भिडियो च्याट गरेर आफ्ना अनुभव सुनाउने, उनीहरूका अनुभव सुन्‍ने
Comments