•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:11:58 PM

एकैदिन उपत्यका छोड्नेको संख्या ५० हजार नाघ्यो, गाडीलाई भ्याईनभ्याई

- बैशाख १५, २०७८ मा प्रकाशित


खबर संजाल, १५ वैशाख, काठमाण्डौ ।

कोरोना भाइरसको संक्रमण अप्रत्यासित रुपमा बढेपछि उपत्यकाको स्थानीय प्रशासनले बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ। योसँगै गत वर्ष लकडाउन गर्नुपूर्वको दृश्य फेरी दोहोरिएको छ। हाललाई प्रशासनले वैशाख १६ गते देखि २२ गतेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। लगत्तै जनजीवन सामान्य हुने र निषेधाज्ञा खुल्ने ग्यारेन्टी छैन। त्यसैले मानिस काठमाडौं छाड्दै गाउँ फर्किरहेका छन्।

मंगलवारमात्रै काठमाडौं उपत्यका भित्रका विभिन्न नाकाबाट ५२ हजार १ सय ९० जना मानिस बाहिरेका छन्। सबै सबैभन्दा धेरै नागढुङ्गा नाकाबाट ४५ हजार ७ सम ७५ जना बाहिएका हुन्। त्यस्तै मंगलावार ३२ हजार ३ सय ८३ जना मानिस काठमाडौँ उपत्यका प्रवेश गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। सवारी साधनको संख्या भने बाहिरीने भन्दा भित्रिनेको बढी छ। मंगलवार ७ हजार ९ सय सवारी साधन बहिरिएका थिए भने ७ हजार ७ सय ७७ सवारी भित्रिएका छन्।
अघिल्लो साल उपत्यकामा भएको बिचल्लीका आज र भोलीमा कारण यो संख्या अझ बढ्ने देखिन्छ ।

Comments