•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:25:06 PM

नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ

- बैशाख ६, २०७८ मा प्रकाशित


खबर संजाल, ०६ बैशाख, काठमाण्डौ ।
विभाजनतर्फ लागेपछि नेकपा (एमाले)मा माधव नेपाल एक्लिदै गएका छन् । मान्छे मरेपछि जुम्राले छोडेझैं उनका निकटका नेता कार्यकर्ताहरुले उनलाई छोडिरहेका छन् । यसैक्रममा उनका निकट मानिएका नेता विष्णु रिजालले पनि नेपालको साथ छोडेका छन् ।
तात्कालिन एमालेका प्रचार बिभागका सचिव रिजाल नेकपा गठन हुँदा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। एमालेमा सधैं माधवकै निकट रही सघाउँदै आएका रिजाल आज केन्द्रीय कमिटी बैठकमा भएर नेपालको साथ छोडेका हुन ।

रिजालले यसअघि नै एमाले बिभाजन गरी माधव नेपालले गठन गर्ने पार्टी चल्नै नसक्ने भन्दै बैधानिक फोरममा नै आफ्नो धारणा राख्दै आएका थिए ।

Comments