•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:43:00 PM

आगलागीबाट खोटाङमा एक घर विस्थापित

- चैत्र ३०, २०७७ मा प्रकाशित


खबर संजाल, ३० चैत्र, खोटाङ ।
खोटाङमा आगलागीबाट एक घर परिवार पूणर् रुपमा विस्थापित भएका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नम्बर (६ दिप्लुङ निवासी प्रकाश राईको घर आगलागी हुँदा विस्थापीत भएका हुन् ।

घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिब १ बजेको समयमा साविकको दिप्लुङ वडा नम्बर (५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो ।आफ्नो बुवा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकै रात घरमा आगलागी भएको स्थानीयले बताएका छन् । बुवा यौन दुव्र्यवहार आरोपमा पक्राउ परेपछि सपरिवार आफन्तकोमा आश्रय लिई बसेको अवस्थामा राईको घरमा आगलागी भएको स्थानीय युवा तथा नेता जगत किरातीले बताउनुभयो ।

आफन्तको घरमा आश्रय लिई बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयबासिको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीबाट विस्थापीत ६ जनाको परिवार हाल गोठमा बसिरहेको स्थानीयले बताएका छन् ।

Comments