•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:56:01 PM

नांगै हिमाल चढ्ने यी युवती

- चैत्र ३०, २०७७ मा प्रकाशित


खबर संजाल, ३० चैत्र, काठमाण्डौ

पाखापर्वत चढ्ने सोख भएका मानिसहरू त प्रशस्त भेटिन्छन् । 

तर एक यस्ती महिला छिन् जो नग्न भएर पहाड चढ्ने गर्छिन् । उनका त्यस्ता तस्वीरहरू भाइरल बनिरहेका छन् । उनले यो कलाको एक रूप भएको बताएकी छन् । 

अमेरिकाको न्यु जर्सीस्थित एक क्यासिनोमा काम गर्ने ३७ वर्षीया लाउरा जसोर्कालाई आफ्नो नग्न तस्वीर शेयर गर्न मन लाग्छ । उनकी एक साथीले अलि फरक काम गर भनी सुझाउँदा उनले नग्न भएर पहाड चढ्ने निर्णय लिइन् । 
 

जसोर्काले अर्धनग्न भएर पत्थरको पहाड चढेकी थिइन् । त्यसपछि परिवार र साथीभाइले उनलाई प्रशंसा गरे । आफूले कुनै गैरकानूनी काम नगरेको उनको भनाइ छ । 

आफ्नो तस्वीर शेयर गर्दा सकारात्मक टिप्पणी पाएको उनको भनाइ छ । अन्य महिलालाई आआफ्नो शरीरको तारिफ गर्नका लागि प्रोत्साहन पुगोस् भनी यो काम गरेको उनको भनाइ छ । 
 

जसोर्काका अनुसार, महिलाहरूमा शरीरप्रति नकारात्मक भावना हुन्छ तर म उनीहरूलाई डरमाथि नियन्त्रण गर्न र कपडा खोल्न आग्रह गर्छु । 

यो अश्लील कुरा नभएको, कला भएको उनको भनाइ छ ।

Comments