•   ८ बैशाख २०७८, बुधबार
  •   10:06:32 PM

सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी

- चैत्र २५, २०७७ मा प्रकाशित


खबर संजाल, २५ चैत्र, काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ। नेपाल पक्षका प्रभावशाली नेता भीम रावलको उपस्थितिमा ९ मध्ये आठ जिल्लामा कमिटी गठन गरेको हो।

दार्चुलाबाहेक अन्य जिल्लामा कमिटी बनाइएको छ। कैलाली अध्यक्षमा दीर्घ सोडारी चयन भएका छन् भने रावलको गृहजिल्ला अछाममा शेरबहादुर कुँवर, बैतडीमा महादेव भट्ट, कञ्चनपुरमा तारा लामा तामाङ, बाजुरामा गगन रावल, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बझाङमा दिलबहादुर सिंहलाई अध्यक्ष तोकिएको छ।

Comments