•   ८ बैशाख २०७८, बुधबार
  •   10:16:46 PM

पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही

- चैत्र २४, २०७७ मा प्रकाशित


खबर संजाल, २४ चैत्र, काठमाण्डौं
नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ुना तीन सचिवलाई कारबाही गरेको छ । अनेरास्ववियुले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका तीन नेतालाई संगठनको साधारण सदस्यबाटै निष्कासन गरेको छ ।

संगठनका अध्यक्ष ऐन महरद्वारा मंगलबार जारी विज्ञप्तिमा अनेरास्ववियुका निवर्तमान सचिवत्रय सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

उनीहरूले संगठनको विधान र अनुशासनविपरीत कार्य गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि उनीहरूलाई सुरुमा तीनदिने र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, स्पष्टीकरणको जवाफ नदिई संगठनको निर्देशनलाई अटेर गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ ।

Comments