•   ८ बैशाख २०७८, बुधबार
  •   10:31:24 PM

कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय

- चैत्र २४, २०७७ मा प्रकाशित


काठमाडौँ, २४ चैत, काठमाडौं ।

सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले यसअघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।

चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

Comments