
भ्लादिमिर पुटिनले अझै १५ वर्षसम्म आफैं राष्ट्रपति हुन मिल्नेगरी नयाँ कानुन पारित गरे
- चैत्र २४, २०७७ मा प्रकाशित

खबर संजाल, २४ चैत्र, काठमाण्डु
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझै १५ वर्षसम्म आफैं राष्ट्रपति बन्न पाउनेगरी नयाँ कानुन पारित गरेका छन् । यो नयाँ कानुनअनुसार पुटिन अझै २ कार्यकालसम्म राष्ट्रपति बन्न पाउनेछन् । यदि पुटिन अझै २ कार्यकाल राष्ट्रपति भए भने उनको कार्यकाल २०३६ मा मात्रै समाप्त हुनेछ । राष्ट्रपति पुटिनले यो नयाँ कानुन सोमबार जारी गरेका हुन् ।
सन् २००० मा राष्ट्रपति भएपछि पुटिन रुसका सबैभन्दा शक्तिशाली राजनीतिज्ञ मानिन्छन् । पूर्व राष्ट्रपति बोरिस याल्तसिनको राजीनामापछि पुटिन राष्ट्रपति भएका थिए । यदि पुटिन २०३६ सम्म राष्ट्रपति भए भने रुसमा उनको शासनकाल जोसेफ स्टालिनको भन्दा पनि बढी हुनेछ । स्टालिनले २९ वर्षसम्म सोभियत संघका शासन गरेका थिए ।
आधिकारिक रुपमा नयाँ कानुनले रुसी नागरिकलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन रोक्छ । यो कानुनले एउटै व्यक्ति राष्ट्रपति भएर बीचमा प्रधानमन्त्रीको भूमिकामा रहन पनि रोक लगाउँछ जुन अभ्यास पुटिनले यसअघि गरिसकेका छन् । तर, यो नयाँ कानुनले लागू हुनुभन्दा अघिको कार्यकाल गणना गर्दैन । जसको अर्थ पुटिनको अहिलेको कार्यकालसहित ४ कार्यकाल यो कानुनले गणना गर्ने छैन र पुटिन अझै २ कार्यकाल राष्ट्रपति बन्न पाउनेछन् ।

सम्बन्धित खवर
- नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ
- आगलागीबाट खोटाङमा एक घर विस्थापित
- सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी
- सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी
- पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही
- कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय
Comments