•   ८ बैशाख २०७८, बुधबार
  •   10:41:28 PM

मन्त्री पाउँदै खोटाङ, हेर्नुस् को को थपिए ?

- चैत्र १३, २०७७ मा प्रकाशित


खबर संजाल, १३ चैत्र, खोटाङ
प्रदेश १ को प्रदेश सरकारको मन्त्रीपरिषद आज विस्तार हुने भएको छ । मुख्यमन्त्री शेरधन राईले विस्तार गर्न लागेको मन्त्रीपरिषदका नयाँ मन्त्रीहरुले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ।

यसक्रममा खोटाङ जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन्।

हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन्। दुवैजना नयाँ अनुहार हुन्। अर्को साता थप मन्त्री बनाइने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।

Comments