•   ८ बैशाख २०७८, बुधबार
  •   10:46:04 PM

जंगलबाट लागेको आगोले २ घर नस्ट, १ जना सख्त घाइते

- चैत्र ११, २०७७ मा प्रकाशित


खबर संजाल, ११ चैत्र, खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको जंगलबाट लागेको आगोले बिजयखर्ककै दुई घर जलाएर नस्ट पारेको छ । बस्ती नजिकैको साँघुरी सामुदायिक बनबाट केही दिन अगाडी शुरु भएको आगोले बस्तीमा प्रवेश गरी स्थानिय हेमसागर ढकाल र भवकृष्ण ढकालको घर सहित केही गोठ आगोले नष्ट पारेको हो ।
आगलागी पछि प्रारम्भिक चरणमा स्थानियबासीहरु र विद्यार्थीहरु आगलागीका लागि सकृय भएका थिए भने केही समयपछि सुरक्षाकर्मीहरु सकृय भएका थिए ।
आगोबाट घरलाई बचाउने क्रममा छानाबाट लडेर एक जना सख्त घाइते भएका छन् । आफ्नै घरको छानाबाट लडेर स्थानिय मोहन बि.क. घाइते भएको चम्पावती माविका प्रअ गोविन्द पोखरेलले जानकारी दिए ।
घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ भने आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

Comments