
भिम रावल बाहेकका नेताले बुझे स्पष्टिकरण
- चैत्र ९, २०७७ मा प्रकाशित

खबर संजाल, ९ चैत्र, काठमाण्डौ ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको छ। उनीहरुलाई खामबन्दीबाट स्पष्टीकरणपत्र सोधेका हुन्।
पार्टी कार्यालयबाट पठाइएको पत्र नेपाल र सुरेन्द्र पाण्डेका स्वकीयले बुझेको बताइएको छ। तर नेता भीम रावलले भने उक्त पत्र बुझ्न अस्विकार गरेका छन्। बुझ्न अस्विकार गरेपछि कर्मचारीले लेटरबक्समा पत्र छिराएर फर्किएको एक नेताले जानकारी दिए।
पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको हो। महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरिता स्पष्टीकरण दिन दिनभित्र बुझाउन माग गरिएको छ।

सम्बन्धित खवर
- नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ
- आगलागीबाट खोटाङमा एक घर विस्थापित
- सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी
- सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी
- पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही
- कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय
Comments