•   ८ बैशाख २०७८, बुधबार
  •   10:12:33 PM

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै, पौडेल पक्षको छुट्टै बैठक

- चैत्र ९, २०७७ मा प्रकाशित


खबर संजाल, ९ चैत्र, काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाईएको छ ।
बैठक मुख्यतः पार्टीको १४ औं महाधिवेशनको एजेण्डामा केन्द्रित हुने एक सदस्यले जानकारी दिए ।
आगामी वर्षको भदौमा कांग्रेसले महाधिवेशनको तयारी गरेको छ ।

पदाधिकारी बैठकको पूर्वसन्ध्यामा हिजो रामचन्द्र पौडेल पक्षधर नेताहरूको छुट्टै बैठक बसेको थियो ।

Comments