
हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न : नेता नेपाल
- फाल्गुन २९, २०७७ मा प्रकाशित

खबर संजाल, २९ फाल्गुण, काठमाण्डौ ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् ।
शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे ।
‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ।’
उनले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ। कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला हो । हामी विचलित भएर हिँड्ने होइन।’
नेपाल समूहको केन्द्रीय कमिटी बैठक नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा १२ बजेबाट बैठक जारी छ ।
केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।
शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए ।
ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । रातोपाटी बाट

सम्बन्धित खवर
- नेपालले एमाले फुटाउने कसम खाएपछि विष्णु रिजालले छोडे साथ
- आगलागीबाट खोटाङमा एक घर विस्थापित
- सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी
- सुदुरपस्चिमका दार्चुला बाहेकका जिल्लामा नेपाल पक्षको समानान्तर कमिटी
- पद्धती नमान्ने तिन सचिवलाई अनेरास्ववियुको कारबाही
- कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय
Comments