•   १८ फाल्गुन २०७७, मंगलवार
  •   1:01:35 AM

प्रधानमन्त्री विरूद्ध सर्वोच्चमा रिट

- माघ ११, २०७७ मा प्रकाशित


खबर संजाल, ११ माघ काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निकृष्ट शब्द प्रयोग गरी टिप्पणी गरेको भन्दै उनी विरुद्ध सर्वाेच्च अदालतमा अवहेलनाको मुद्दा दर्ताको तयारी भएको छ। प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा भइरहेको बहसलाई तमासा भनेको र बरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमानजनक तरिकाले बाजे बकिल भनेर सम्बोधन गरेको भनी अवहेलना गरेको आरोप लगाइएको छ । 

प्रधानमन्त्री ओलीले शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले बाजे वकिललाई समेत लगेर सर्वाेच्च अदालतमा तमासा देखाउने काम भइरहेको भनेका थिए। 

ओलीले संविधानको धारा १२८ को उपधारा (४) बमोजिम अदालत र इजलासको अपहेलना गरेको निवेदकको ठहर छ । 

Comments