•   १८ फाल्गुन २०७७, मंगलवार
  •   2:41:28 AM

के मा चित्त बुझेन नारायणकाजीको ?

- माघ १०, २०७७ मा प्रकाशित


खबर संजाल, १० माघ, काठमाण्डौँ ।
सत्तारुढ नेकपा फुटको संघारमा छ । ठाउँठाउँमा समानान्तर गतिविधिहरु भईरहेका छन् । यहि शिलशिलामा हिजो ( माघ ९ गते) काठमाण्डौमा विभिन्न नेकपाको दाहाल–नेपाल पक्षको बिशाल विरोधसभा भयो । व्यापक जनसहभागितासहित कार्यक्रम सकिएपनि कार्यक्रमका केही पक्षहरुले भने अहिले चर्चा पाईरहेका छन् ।

नारायणकाजी आएपछि प्रचण्ड र उनको केहीबेर भनाभन पर्यो । उनीहरुको भनाभनको बिषयलाई भने स्पीकरको चर्को आवाजले लुकाईदियो । कार्यक्रम शुरु हुनुभन्दा अघि नै नेताहरुको भनाभन शुरु भएपछि धेरैजना आस्चर्यमा परे ।


पौने १२ बजे भनेर तोकिएको कार्यक्रम ठाउँठाउँबाट आउने जुलुसको ढिलाईका कारण केही ढिला भयो । सभामा उपस्थित धेरै मान्छेहरुको उत्साह र जाँगरले बनेको उज्यालोलाई एउटा अँध्यारोले छायाँ पार्यो, त्यो अँध्यारो थियो – नारायणकाजीको व्यवहार ।
सबै नेता उपस्थित भईसक्दा समेत संघर्ष समितीका संयोजक समेत रहेका पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा देखिएनन् । कार्यक्रम सञ्चालकको जिम्मेवारी पाएकी पम्फा भुषालले श्रेष्ठलाई मञ्च बाटै बोलाईन । नारायणकाजी आएपछि प्रचण्ड र उनको केहीबेर भनाभन पर्यो । उनीहरुको भनाभनको बिषयलाई भने स्पीकरको चर्को आवाजले लुकाईदियो । कार्यक्रम शुरु हुनुभन्दा अघि नै नेताहरुको भनाभन शुरु भएपछि धेरैजना आस्चर्यमा परे ।
मञ्चमा उपस्थित स्थायी कमिटीका नेताहरुले मध्यस्थताका लागि चर्कै कोसिस गर्दापनि नारायणकाजीको मुख उज्यालो भएन । कार्यक्रमभरी कसैसँग कानेखुसी नगरेका नारायणकाजीले उपस्थित कसैसँग पनि राम्रोसँग ÷ नम्र भएर बोलेनन् । सभाध्यक्षको भूमिकामा रहेका उनले सभा बिसर्जन समेत गर्न नमानेपछि सञ्चालक भूसालले आफै सभा विसर्जनको घोषणा गरिन ।

नारायणकाजीको यो व्यवहारले धेरैको मनमा एउटा प्रश्न उठ्यो, यसको जवाफ कुनै समय आउला । प्रश्न हो– के मा चित्त बुझेन नारायणकाजीको ?

Comments