•   १८ फाल्गुन २०७७, मंगलवार
  •   1:52:39 AM

नेपाल बन्दकै दिन मकवानपुरमा गाडीमा आगजानी

- माघ १०, २०७७ मा प्रकाशित


खबर संजाल, १० माघ, हेटौँडा
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा अपरिचित मानिसको समूहले एक गाडीमा आगजनी गरेको छ ।

हेटौँडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएका मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

आगजनी गर्ने व्यक्ति नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शङ्का गरिएको छ ।

Comments