
फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित
- माघ १०, २०७७ मा प्रकाशित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।
स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्यो ।
१९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे ।
एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा दुई गोल गरे भने नेयमारले ६०औँ तथा आइकार्डीले ६१औँ मिनेटमा गोल गरे ।
जितपछि पीएसजीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ । एजेन्सी

Comments