
प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- पुष २६, २०७७ मा प्रकाशित

तपाईँ प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै गर्नुहुन्छ ? तपाईँले गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।
सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ ।
के के छन् प्याजका बोक्राका फाइदा?
हेयर कन्डिसनरको रुपमा प्रयोगःनुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।
कोलेस्ट्रोल कम गर्न सहयोगीःप्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।
पेटको संक्रमणबाट बचाउःप्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।
क्यान्सरबाट बचाउँछ :प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।
एन्टी इन्फ्लामेटरी गुणःयदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।
कीरा,लामखुट्टेबाट राहतःयदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments