
बससँग ठोकिदा मोटरसाईकलमा सवार एकको मृत्यू
- पुष २५, २०७७ मा प्रकाशित

खबरसञ्जाल, २५ पुष, मकवानपुर ।
महेन्द्र राजमार्गअन्तर्गत मकवानपुर र बाराको सीमा नजिकै बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
हेटौंडा–१५ चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना।६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना।६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौंडा–३ बस्ने अन्दाजी ४३ वर्षीया देवी लामाको मृत्यु भएको हो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जनाइएको छ ।
मोटरसाइकल चालक हेटौंडा–३, लेवटका ३५ वर्षीय ईश्वर नेपाल घाइते भएको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments