•   ३ माघ २०७७, शनिबार
  •   11:56:06 AM

समसामयिक जानकारी

- पुष २५, २०७७ मा प्रकाशित


खबर संजाल २०७७ पुष २५ खोटाङ ।

१. पर्पल रिभोलुसन कहिले र कहाँ भएको थियो?

  • सन् २००५ इराक

२. लिपुलेक लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक कहिले भयो?

  • वि.सं.२०७७ जेठ ७ गते (वि.सं.२०७७ जेठ ५ गते मन्त्रिपरिषद्बाट पारित)

३. World Health Award-2020 बाट सम्मानित हुने नेपाली चिकित्सक को-को हुन्?

  • डा. पशुपति महत र डा. अरुण राज कुँवर (WHO सँगको सहकार्यमा स्वीस फाउन्डेसनद्वारा प्रदान)

४. नेपालमा पर्यटन प्रहरीको व्यवस्था कहिलेबाट गरिएको हो?

  • वि.सं. २०३५ साल

५. मानव विकास सूचकांक-२०२० अनुसार नेपालको स्थान कति औं रहेको छ?

  • १४२ औं (प्राप्त अंक ०.६०२)
  • १८९ देश समेटिएको
  • UNDP द्वारा २०२० डिसेम्बर १५ मा सार्वजनिक

६. ३५ औं प्रज्ञासभाबाट “नेपाल प्रज्ञाअलंकार” द्वारा विभुषित हुने व्यक्ति को हुन्?

  • चिनिया प्रोफेसर वाङ हङवेर्इ (नेपालका लागि भाषा, साहित्य र कुटनीतिको माध्यमबाट पुर्याएको योगदान बापत)

७. बायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो?

  • तनहुँ

८. सन् २०३० मा एसीयाली खेलकुद कहाँ सञ्चालन हुने भएको छ?

  • कतारको दोहा (२०२० मा ओमनमा बसेको ओलम्पिक काउन्सिल अफ एसियाको ३९ औं साधारण सभाबाट)

९. सन् २०२० जुन ५ तारिखका दिन मनार्इएको अन्तर्राष्ट्रिय वातावरण दिवसको नारा के थियो?

  • Celebrate Biodivercity(नेपालको नारा: सुरक्षित जीवनका लागि जैविक विविधता)

१०. अन्तर प्रदेश परिषद्को पहिलो बैठक कहिले सम्पन्न भएको थियो?

  • वि.सं. २०७५ मंसिर २३-२४ (नेपालको संविधानको भाग २० धारा २३४ मा अन्तर प्रदेश परिषद् सम्बन्धमा व्यवस्था रहेको)

११. BBC द्वारा सार्वजनिक १०० प्रेरणादायी महिलाको सूचीमा पर्न सफल साहसी नेपाली चेली को हुन्?

  • सपना रोका मगर(जो बेवारिसे शव व्यवस्थापन तथा पुर्नजीवन केन्द्रमा आबद्ध भर्इ बेवारिसे शव व्यवस्थापन कार्यमा सकृय छिन्)

१२. “भिजन फाइभ मिलियन योजना” केसँग सम्बन्धित छ?

  • पर्यटनसँग सम्बन्धित (प्यासिफिक एसिया ट्राभल एसोसियसन-PATA नेपाल च्याप्टरले सन् २०३० सम्ममा बार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित तर्जुमा गरिएको योजना, २०७४ मंसिर २७ गतेका दिन काठमाडौंमा आयोजित पाटाको ४१औं बार्षिक साधारण सभाबाट सार्वजनिक)

१३. “Globel Center For Cyber Security” नामक संस्थाको स्थापना कहिले भएको हो?

  • सन् २०१८ जनवरी २६ (विश्व आर्थिक मञ्चद्वारा साइबर अपराध सम्बन्धी गतिविधी निरत्साहित गरि सुरक्षित साइबर स्पेश उपलब्ध गराउने उदेश्यले)

१४. सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने  संस्था  कुन हो ?

  • अन्तर्राष्ट्रिय रेडक्रस (IRC) सन् १९१७,१९४४ र १९६३ गरि तीन पटक शान्ति तर्फको नोबेल पुरस्कार प्राप्त ।

१५. गिनिज बुक अफ वल्ड रेकर्ड प्रकाशनको सुरुवात कहिलेबाट भएको हो?

  • सन् १९५५ अगष्ट २७ बेलायतको लण्डन

संकलक-दिपेश पोखरेल “खार्पाली”

अर्काे सामग्री हेर्नुस्

https://khabarsanjal.com/archives/3019

Comments