
बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- पुष २२, २०७७ मा प्रकाशित

खबर संजाल, २२ पुष काठमाण्डौ ।
नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष प्रचण्ड फरक विचार राख्नेलार्य देखिनसहने प्रवृत्तिको रहेको भन्दै खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले युद्धकालमा उनले तत्कालीन नेता बाबुराम भट्टराईलाई मार्न खाल्डो खनेको बताएका छन् ।
विभाजित नेकपाको ओली समूहले मंगलबार जाजरकोटमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डके बारेमा यस्तो अभिव्यक्ति दिएका हुन । कार्यक्रममा बोल्दै मन्त्री थापाले भने “प्रचण्डले बाबुरामलाई हाल्न खाल्डो खनेका थिए । बाबुरामलाई बचाउनेहरू हामी नै हौँ । बाबुरामलाई बचाउनेहरू आज ओलीसँगै छौँ,” उनले भने, “प्रचण्डका लागि ओलीले बालुवाटारमा खाल्डो खनेका थिएनन् ।”
थापाले माधवकुमार नेपालमा नगदे चिन्तन रहेको बताए । उनले चुनावमा जाउँ भन्नु प्रतिगामी कदम नरहेको भन्दै अब मुलुक निर्वाचनमा केन्द्रित रहेको बताए ।
पार्टी एकताका लागि ओलीले अन्तिमसम्म प्रयत्न गरेको, खुमलटार गएर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेको भन्दै दाहाल नेपाल गठबन्धान असफल हुने जिकिर गरे ।
उनले प्रचण्ड(नेपाल समूहमा झगडा सुरु भएको पनि बताए । त्यो समूहमा महासचिवमै झगडा सुरु भएको बताउँदै धेरै बिराला भए मुसा नमार्ने उदाहरण दिए । उक्त समूहमा तीन पूर्वप्रधानमन्त्री रहेकाले अब आफू प्रधानमन्त्री बन्छु भन्दै टोपी लगाउन थालसिकेको कटाक्षसमेत गरे ।
उनले ओली समूहको गाडी अगाडि बढेको र प्रचण्ड(नेपाल समूह झगडा नै गरेर बस्ने आकलनसमेत गरे । उनले संसद् विघटन बाध्यात्मक कदम भएको पनि बताए । उनले संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने बताए ।
मन्तव्यका क्रममा उनले पूर्वजनमुक्ति सेनाको एउटा समूह ओली नेतृत्वको नेकपामा समाहित हुने बताए ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments